

धादिङ,१९ असार।
धादिङबेशीबाट चोरीको मोटरसाईकल सहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने बर्ष–२० को सुरज बोगटी र नेत्रावती डबजोङ गाउँपालिका-२ बस्ने बर्ष–२० को बिशाल गुरुङ रहेका छन्।
निलकण्ठ-३ स्थित एमालेचोकको सडक किनारामा पार्किङ गरी राखेको अवस्थामा आईतबार राति ११ः३० वजे रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल चोरी भएको निवेदन पश्चात सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा नाकावन्दी गरी चेकजाँच गर्दा सोमबार आँसीखोला दोभानबाट मोटरसाईकल सहित बोगटी र गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |