

धादिङ,२२ असार।
नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ।
नगरपालिकाको आयोजनामा धादिङबेशीमा बिहिवार नगरपालिकाका प्रमुख,उपप्रमुख, वडाध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका कर्मचारीहरु तथा सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख भीम प्रसाद ढुङ्गानाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि नगरपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो ।
ढुङ्गानाले बाल बचाउ,बाल संरक्षण बाल विकास र बाल सहभागिताका पक्षहरू समेतलाई ध्यानमा राखि नगरपालिकाको निति,योजना तथा कार्यक्रममा प्राथमिकता दिएको बताउँदै अब सुचकहरु पूरा गर्न सम्बन्धित सबै पक्ष एकताबद्ध भएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न अभिभावक , शिक्षक, व्यापारी , उद्योगीहरु, सबै जनप्रतिनिधि , बिषयगत शाखाका कर्मचारीहरु एकताबद्ध भएर घरपरिवार , टोल बस्तीमा बालमैत्री बोली, व्यवहार र बालमैत्री संरचना निर्माण गर्ने, गराउने कार्यको लागि अभियान नै संचालन गर्ने पनि बताउनुभयो।
कार्यक्रममा नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम सुवेदीले नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा समुदाय तह हुँदै वडा तथा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनुभयो।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत नगरपालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको दिपक कोईरालाले बताउनु भयो।
कार्यशालामा बालमैत्री स्थानीय शासन अवधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका अनुसारका कार्यान्वयनका तहगत खुड्किला,बालबालिकामा लगानी किन र कसरी,बालमैत्री स्थानीय शासनको अबधारणा, संरचना र गर्नु पर्ने कार्यहरु,सेवाप्रवाह ३६ वटा सुचक र संस्थागत १५ वटा सुचक गरि ५१ वटा सुचकहरु जानकारी र बालमैत्री स्थानीय शासनको नगरपालिका स्तरीय समिति गठन लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निवर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वाेत्तम हित,सर्वाङ्गिण विकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति,योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले बालमैत्री नगरपालिका बनाउनु सबै सरोकारवाला पक्षहरूको उदरदायित्व रहने पनि सहजकर्ता अर्यालले स्पष्ट पार्नु भएको थियो ।


अभिमुखिकरण कार्यशाला पछि नगरप्रमुखको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको महिला बालबालिका शाखाका प्रमुख निर्मला केसीले जानकारी दिनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |