

धादिङ,२५ असार।
धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६७ करोड बढिको बजेट विनियोजन गरेको छ।
सोमबार गाउँपालिका कार्यालयमा भएको गाउँ सभाको तेहौ्र अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ का लागि ६७ करोड ८४ लाख ८० हजार बजेट विनियोजन गरेको हो ।
अधिवेशनमा गाउँपालिका उपप्रमुख सविता अर्यालले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले अघिल्लो आर्थिक आर्थिक वर्ष २०७९/०८० का लागि ७० करोड ३ लाख १९ हजार ८५५ रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
आगामी आ.वको बजेट चालु आ.वको भन्दा ३.२२ प्रतिशतले कमी हो । चालु आ.वमा विनियोजित बजेट मध्ये असार १० सम्म आयतर्फ ५९ करोड ५१ लाख ४२ हजार ४५८ रुपैयाँ(८४.९८ प्रतिशत) संचितकोषमा प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।जसअन्तरगत विषयगत क्षेत्र तर्फ ५ करोड ५८ लाख,कार्यालउ सञ्चालन तर्फ ८ करोड ९० लाख,विपद् व्यवस्थापन कोषमा ७० लाख,मर्मत संम्भारतर्फ ६० लाख,कृषीजन्य मेशिनरी औजारतर्फ ५० लाख,पूर्वाधार तर्फ २ करोड २० लाख, विद्यालय अनुदानमा २५ लाख, विद्यालय बस,एम्बुलेन्स दमकल खरिद गर्न ७० लाख,खेलकुद तर्फ २० लाख विनियोजन गरिएको छ।
आ.व २०८०।८१ को लागि आय अनुमान भन्दा झण्डै १ करोड ८० लाख बढि हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा व्यवसायीक तरकारी,फलफुल,कृषिवाली तथा पशुपालनको पकेट क्षेत्र निर्धारण कार्यक्रमको थालनी, उत्पादन साथमा अनुदान हातमा भन्ने नाराको साथमा कृषकलाई विशेष अनुदान,रमाईलो कक्षा,गुणस्तरीय शिक्षा कार्यक्रम, ११ र १२ अध्यापन गराउने सामुदायिक विद्यालयमा निशुल्क शिक्षा,ज्येष्ठ नागरिक तथा दिर्घ रोगीलाई निशुल्क औषधी वितरणलाई बजेट विनियोजन गरिएको छ भने प्रत्येक वडालाई कार्यक्रम तथा योजना सञ्चालन गर्न ५० लाखका दरले दिने र पालिका अध्यक्ष र उपाध्यक्षसँग लक्षित पूर्वाधार कार्यक्रम सञ्चालन गर्न २ करोड २० लाख,गाउँपालिकाको गौरवका ५ वटा सडकहरु कालोपत्रे,स्तरोन्नती र हरेक वर्षायाममा विग्रने सडकको अवस्थाको सुधारको लागि हाम्रो सडक हाम्रै सुरक्षा लगाएतका कार्यक्रम अघि सारेको छ ।
हेर्नुहोस् आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको पूर्णपाठ :
आ.व. २०८०.८१ को बजेट वक्तव्य .pdf (siddhalekmun.gov.np)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |