

धादिङ,२९ असार।
धादिङका थप १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
आज शनिबार ११ जना पुरुष र ५ जना महिला गरी १६ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये सिद्धलेक,ज्वालामुखी र त्रिपुरासुन्दरीका १/१ जना र नीलकण्ठ नगरपालिकाका १३ जना रहेका छन।
यो सहित जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १ हजार ५०३ जना पुरुष र १ हजार ३१५ महिला छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ८३७ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८४, ज्वालामुखीमा १०८, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९६, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा २०, नेत्रावती डवजोङमा १६ जनामा संक्रमण पुष्टि भएको छ।यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार ३० गतेसम्मको हो।
डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ।
आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ । संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।
संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ ।
यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । विसं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |