

काठमाण्डाै महानगरपालिकाले दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीकाे पार्किङ शुल्क निर्धारण गरेको छ ।
महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र गाडीकाे पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नुपरेको बताउनुभयाे ।
उहाँका अनुसार काठमाण्डाै महानगरभित्र दुई पाङ्ग्रे गाडीकाे आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएकाे छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा पाँच/पाँच रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो । यस्तै चार पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।
एक घण्टाकाे ७५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |