

धादिङ,०२ श्रावण।
धादिङका ४ वटा स्थानीय तहले आर्थिक बर्ष २०८०/८१ को वजेट पेश नगरेको पाईएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वजेट अपडेट पोर्टलमा ४ वटा गाउँपालिकाले वजेट पेश नगरेको पाईएको हो । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा एक र पाँच बमोजिम असार १० गते भित्र नगर तथा गाउँ सभामा पेश भएको वजेट सोही दफाको उपदफा ६ बमोजिम असार मसान्त भित्र सभाबाट पारित गरिसक्नु पर्ने व्यवस्था छ ।
तर मन्त्रालयको पोर्टलमा उल्लेख भए अनुसार धादिङको थाक्रे, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ र खनियाबास गाउँपालिकाले वजेट विवरण पेश गरेका छैनन् ।
बजेट प्रस्तुत भएपनि मन्त्रालयको पोर्टलमा अपडेट नगराएका कारण यस्तो भएको हुन सक्ने बताईएको छ ।
नयाँ आर्थिक वर्ष २०८०/८१ हिजोदेखी शुरु भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |