Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सिद्धलेकमा करारका स्वास्थ्यकर्मी निकालेपछि ८ स्वास्थ्य संस्थाको सेवा बन्द:ज्यालादारीमा कर्मचारी खटाईदै

  • Default Profile
  • बागमती कलम
  • १४१३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
सिद्धलेकमा करारका स्वास्थ्यकर्मी निकालेपछि ८ स्वास्थ्य संस्थाको सेवा बन्द:ज्यालादारीमा कर्मचारी खटाईदै

धादिङ,०३ असार।
वर्षको अन्तिम दिन सिद्धलेक गाउँपालिकाले करारका स्वास्थ्यकर्मी निकालेपछि स्वास्थ्य सेवा र भेटेनरी सेवा बन्द भएको छ।

करारका कर्मचारीको सेवा अवधि एक वर्षको हुने भएपनि सिद्धलेक गाउँपालिकाले वर्षको अन्तिम दिन स्वास्थ्य सेवा नै बन्द हुने गरी कर्मचारी निकालेको छ भने भेटेनरी प्राविधिकको करार सम्झौता सकिएकोले काम नगर्नु भनेपछि महामारीको रुप लिएको ‘लम्की स्किन’ उपचार सेवा नै बन्द भएको छ।

सिद्धलेक गाउँपालिकाले २८ जना स्वास्थ्य सेवाका अहेव, अनमी लगायतका कर्मचारीको करार अवधि सकिएको भन्ने सूचना गाउँपालिकाका प्रवक्ता सागर गुरुङले असार ३१ गते प्रेसविज्ञप्ति निकालेर जानकारी गराएपछि गाउँपालिका भित्रका ८ स्वास्थ्यसंस्थाहरु बन्द हुने अवस्थामा पुगेको छ ।

केही स्वास्थ्य संस्थामा त सोमबार ताला लागेको छ भने केहीमा ज्यालादारीमा पालिकाका कार्यकर्तालाई खोल्न लगाइएको पाइएको छ ।

पालिकाले राखेका करारका कर्मचारी हटाउने सूचना गरेका कारण वडा नम्बर ३ को सयपत्री स्वास्थ्य सेवा बिन्दु बन्द भएको छ । स्वास्थ्य सेवा लिन आएका नागरिकहरु अहेव नभएका कारण यतिकै फर्किएको स्थानीय होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नम्बर ७ मा रहेको आदमटार आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि बन्द भएको छ। गाउँपालिका अध्यक्षको घर समेत सोही वडामा रहेको छ।

स्वास्थ्यकर्मी नभएपछि वडा नम्बर १ को बलदेवी आधारभूत स्वाथ्यसेवा केन्द्र, वडा नम्बर ४ को सलाङघाट आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर २ को पात्ले सामुदायिक स्वास्थ्य बिन्दु, वडा नम्बर ५ को बाघबच्छला आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ७ मा रहेको जालपा सामुदायिक स्वास्थ्य बिन्दु, वडा नम्बर ४ को कालिका बर्थिङ सेन्टर समेत प्रभावित भएको छ।

यी सबैमा पालिकाले व्यवस्थापन गरी जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि कर्मचारी राखेर स्वास्थ्य सेवा दिँदै आएकोमा आफ्ना मानिस नभएको भन्दै पालिकाले गलत नजिर बस्नेगरि विना मूल्याङ्कन स्वाथ्यकर्मी हटाएर जनताको स्वास्थ्य सेवामा खेलवाड गरेको सिद्धलेक गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।

सम्झौता सकिनु अगाडी नै नयाँ कर्मचारी राख्ने हो भने स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा गम्भीर भएर नयाँ राख्ने कर्मचारीको व्यवस्थापन गरिसक्नु पर्नेमा गर्न नसके पनि गाउँपालिकाले पहिल्यै गरेको निर्णय सूचना गरेर सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष सागर गुरुङले बताउनुभयो ।

स्वास्थ्य केन्द्रहरु बन्द नभएको र ज्यालादारीमा कर्मचारी खटाइएको प्रवक्ता गुरुङको भनाइ छ ।सिद्धलेकमा स्वास्थ्य चौकी ३, आधारभूत स्वास्थ्य सेवा केन्द्र ४, स्वास्थ्य सेवा बिन्दु ५ गरी १२ स्वास्थ्य स.स्थाहरु रहेको छ । स्वास्थ्य चौकी बाहेक स्थानहरु कर्मचारी विहीन भएका हुन् ।

सिद्धलेकमा कर्मचारीको वर्षको अन्तिम दिन सूचना गरेर हटाएपछि डेंगुको महामारी भएको बेला स्वास्थ्यकर्मी विहीन बनाइएको छ भने भेटेनरी शाखामा पनि ५ जना भेटेनरी प्राविधिक हटाएपछि लम्की स्किन रोगको उपचार नै प्रभावित भएको छ ।

सिद्धलेकमा गाइभैसी विरामी परिरहेको, केही मरि सकेको अवस्थामा प्राविधिक कर्मचारी हटाएपछि जनताको घरदैलोमा पुग्नेहरु नभएपछि उपचार सेवा नै बन्द भएको छ । अब पालिकामा बस्ने एकजना मात्र भेटेनरी प्राविधिक बाँकी छन्।कृषि सम्बन्धी प्राविधिक धारका ५ जना र अन्य प्राविधिक धारका ५ जना कर्मचारीको समेत करार सम्झौता नवीकरण गरिएको छैन ।

स्वास्थ्यसेवा प्रभावित नहोस भनेर हाल काम गरिरहेका कर्मचारीलाई नै स्वास्थ्य संस्था खोल्न आग्रह गरिएको र स्वास्थ्यसेवा जस्तो संवेदनशील क्षेत्र सुचारु गरिएको सिद्धलेक स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो ।

आम रुपमा वर्षको अन्तिम दिन सूचना गरेर कर्मचारी निकाल्ने काम विधि र नीति तथा आचरण विपरीत भएकोले यस्ता खाले काम बन्द गरी पुराना कर्मचारीको करार सेवा नवीकरण गर्नुपर्ने नेकपा एमालेले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धलेक गाउँपालिका कमिटीले सेवा प्रभावित हुनेगरि गरिएको काम बन्द गर्न माग गरेको छ ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा गाउँपालिकामा भेटिनु भएन । उहाँलाई फोन सम्पर्क गर्दा उहाँको भाइ बोलेको भनेर फोन दिन नमिल्ने बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष सबिता अर्यालले करार कर्मचारीको करार सम्झौता नवीकरण नभएको हो । बाँकी कुरा पछि गरौँला भनेर फोन राखिदिनु भयो । प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकोले सम्पर्क समेत हुन सकेन । यो समाचार newsofnepal मा सिताराम अधिकारीले लेख्नुभएको छ।

तस्विर:सिताराम अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१०%६%१%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution