

धादिङ,०३ श्रावण।
धादिङका थप १९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
आज १० जना पुरुष र ९ जना महिला गरी १९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १७ जना,गल्छीका १ र रुवीभ्यालीका १ जना रहेका छन् ।नयााँ आर्थिक बर्ष सुरु भएपछि संक्रमितको संख्या ७० पुगेको छ। जसमा महिला/पुरुष नै ३५/३५ जना छन्।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ ।
संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ ।
यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । विसं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |