

धादिङ,०४ श्रावण।
पहिरोले अवरुद्ध धादिङबेसी–मलेखु सडक सडक एकतर्फी सञ्चालनमा आएको छ।
बुधबार अपह्रान्ह नीलकण्ठ नगरपालिका–८ च्याडु घुम्ती नजिकै सडक माथीबाट खसेको पहिरोले अवरुद्ध धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग)२२ घण्टापछी एकतर्फी सञ्चालनमा आएको नीलकण्ठ–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घुम्ती काटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर पहिरोसंगै ठुल्ठुला ढुंगा सडकमा खसेकोले पन्छाउन समय लागेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।
डोजरको माध्यमबाट पहिरो हटाएर दुई तर्फी सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्ती भएकोले जोखिम अत्याधिक रहेको प्रहरीले जनाएको छ ।
राजधानी काठमाडौं र अन्यत्र जिल्लाहरुबाट सदरमुकाम धादिङबेसी आवतजावत गर्ने मुख्य सडक नै अवरुद्ध भएसँगै हिजोदेखी यात्रुहरु अलपत्र परेका थिए ।तस्विर:दामोदर अर्याल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |