

धादिङ,०५ श्रावण।
नेपाल हाप्किडो संघ धादिङको अध्यक्षमा किशोर तामाङ चयन भएका छन्।
शुक्रबार धुनिबेशीमा सम्पन्न जिल्ला भेलाले किशोर तामाङको अध्यक्षतामा ८ सदस्यीय हाप्किडो संघ धादिङ गठन गरेको हो ।
नव गठित कार्य समितिको उपाध्यक्षमा दावा लामा र सुदिप थापा, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा मञ्जु तामाङ चयन भएका छन् ।यस्तै सदस्यहरुमा सुनिल तामाङ, सुमन उप्रेती र बलराम मगर चयन भएका छन् ।
यसैगरी भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
सल्लाहकार समितिको संयोजक राजकुमार पाठक र सदस्यहरु राजकुमार रुपाखेती र विदुर आचार्य चयन भएका छन् ।
हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाको अध्यक्षतामा भएको भेलामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सि तामाङको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवोध), धुनीबेशी ६ का वडा अध्यक्ष रमेश आचार्यको विशेष आतिथ्यता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |