

धादिङबेसी निबासी आदरणीय आमा, बुबा, दाजु भाइ, दिदि बहिनीहरु धादिङबेसी आसपासमा डेंगीका विरामी बढेसंगै अस्पतालबाट सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको छ ।
डेंगी रोकथाम तथा नियन्त्रणकालागि स्थानीय प्रशासन, नीलकण्ठ नगरपालिका, स्वास्थ्यसंग सम्वन्धित निकायहरु र सामाजिक संघ/संस्थाहरु लागि रहेका छन् ।
समुदायस्तरमा जनचेतनालाई प्रभावकारी रुपमा अगाडी बढाउने, डेगुको वासस्थान खोज र नष्ट गर भन्ने अभियानलाई निरन्तरता दिने, जसको लागि टोल विकास महासंघ, टोल विकास संस्था र स्थानिय समुदायलाई सक्रिय सहभागी गराउने कार्य भैरहेको छ ।
तपाईं हामी सबै मिल्यौं भने मात्रै यसको रोकथाम तथा नियन्त्रण गर्न र उपचार सेवा दिन समेत सहज हुन्छ । त्यसैले यी कामहरुमा सहयोग गर्न सबैसंग हार्दिक अनुरोध गर्दछौं ।
•डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । पानी जम्मा भएको भाँडामा यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । त्यस कारण लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियानलाई सहयोग गर्न सबैले आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिऔं ।
•पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राखौं, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौं र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाऔं ।
•काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गरौं । •लामो बाहुला भएको अर्थात् पूरै शरिर ढाक्ने लुगा लगाऔं ।
•घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं ।
•बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुतौं ।
•पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
•घर/विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
•लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।
•कम्तिमा हप्ताको एक पटक ऐरकुलर, पानीट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
•अस्पतालमा विरामीको चाप बढेको छ, त्यहाँबाट पनि डेंगी सर्न सक्ने भएकोले असाध्यै जटिल अवस्था बाहेकमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै बसेर उपचार गरौं । डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
•स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
•घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक अन्य औषधीको सेवन नगर्ने ।
•अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
•चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने ।
डेंगी रोकथाम तथा नियन्त्रणकालागि तपाई सबैको सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |