

धादिङ,११ श्रावण।
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै धादिङसहित प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको हो ।
यात्रुवाहक सवारी साधनमा २०८० जेठ ११ गतेदेखी लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा घटी गर्ने,उपरोक्त भाडादरमा यात्रुले १५ केजीसम्म निशुल्क र सो भन्दा बढि १० केजी सम्म प्रति केजी रु ५ का दरले भाडा लाग्ने भएको छ ।
घटेको भाडा अनुसार अब धादिङबेशी–काठमाडौंको भाडा २५३ कायम भएको छ ।८७ किलोमिटर दुरी रहेको धादिङबेशी–काठमाडौंको भाडा यसअघि २०८० ज्येष्ठ ११ गतेयता २५९ थियो ।
आजबाट भाडादर २५३ कायम भएको हो।काठमाडौं–गल्छीको भाडा १३६ कायम भएको छ । यसैगरी धादिङबेशी–नारायणगढको भाडा २९१ कायम भएको छ । ९७ किमि दुरी रहेको धादिङबेशी–नारायणगढको भाडा यसअघि २०८० ज्येष्ठ ११ गतेयता २९८ थियो ।
यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ ।
पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो ।यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।
श्रम रोजगार तथा यातायात मन्त्रालयले यसअघि २०८० जेठ ११ गते पनि घाडा घटाएको थियो ।तस्विरःधादिङबेशीबाट काठमाडौं चल्ने बस
अन्य कुन रुटको कति हेर्नुहोस् ?







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |