

गोरखा,२९ साउन।
गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरोमा पहिरो खसेपछी बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि आइतबार साँझपख पहिरो खसेपछि बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
सडक माथिबाट ठूला–ठूला ढु¬ङ्गासहितको पहिरो खसेको उनले बताए । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन् ।
सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौं ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे उनले बताए ।
उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौं चितवनलगायतका सहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |