

धादिङ,२९ साउन।
त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा र जोड्ने २ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
धादिङको बेनिघाट रोराङ-७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका पुलमा अड्किएका छन्।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका १० र गोरखाको गण्डकी गाउँपालिका ६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ।
त्रिशूलीमा गए राति ठूलो बाढी आएको थियो।बाढीले त्रिशूली नदी माथिका झोलुङ्गे पुललाई जोखिमपूर्ण बनाएकोले सजक रहन गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले आग्रह गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |