

धादिङ,२९ साउन।
धादिङका मनोज श्रेष्ठ र अमन आले सहभागी टिम किंग्स क्लबले किंग्स कप पुरुष भलिबल प्रतियोगिताको उपाधी जितेको छ।
सोमबार काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको फाइनलमा विभागीय टोली पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक किंग्स क्लबले दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।
किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट किङ्सले २५–१७ र २५–२३ ले जित्न सफल भयो ।
शनिबार नै हुनुपर्ने फाइनल वर्षाका कारण स्थगित हुँदै आज सोमबार भएको हो।
किंग्स क्लबमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ र सिद्धलेक गाउँपालिकाका अमन आले मगर सहभागी थिए।विभागीय टोली पुलिसमा धादिङकै नेत्रावती डवजोङ गाउँपालिकाका रविन नगरकोटी सहभागी थिए।
उपाधिसँगै किङ्सले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोस्रो भएको पुलिसले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पारेको छ । संयुक्त रुपमा तेस्रो भएको नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले समान ७२ हजार ७ सय रुपैया, कप र प्रमाणपत्र पाएको छ ।
यसैगरी व्यक्तिगत विधामा किङ्सका कप्तान सन्जु विक्रमा शाह प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएको छ । उनले ८ हजार रुपैया र शिल्ड पाएका छन् ।
त्यस्तै किङ्सकै रेशम छन्त्याल उत्कृष्ट स्पाइकर, बलराम गुरुङ सेटर,धादिङका मनोज श्रेष्ठ उत्कृष्ट ब्लकर र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
पुलिसका हरि थापा सर्भर, नारायण सिन्जाली लिवेरो र पुलिसकै पहल गहतराज उदियमान खेलाडी चुनिएका छन् । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
साउन २३ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |