

धादिङ,३२ श्रावण।
धादिङमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षीया महिलाको काठमाडौस्थित त्रि.वि.शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।मृतक महिलालाई धादिङ अस्पतालबाट २८ गते सोमबार त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो।
जिल्लामा एकमहिनाको अवधीमा डेंगीबाट १७ सय भन्दा बढि संक्रमित भइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्रै ७३ जनामा संक्रमण पुष्टि भएको छ।
थप ३४ जना पुरुष र ३९ जना महिला गरी ७३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६४ जना, सिद्धलेकका ५ जना,ज्वालामुखीका २ जना, गजुरीका १ जना र ठेगाना नखुलेका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ७५५ पुगेको छ।जसमा पुरुष ८८२, महिला ८७३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १ हजार ५३१ जना निलकण्ठका मात्रै छन् ।
भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनु प्रमुख उपाय हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |