

धादिङ,०२ भदौ।
त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका धादिङको निलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारको सकु्शल उद्धार गरिएको छ।
शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका परियारलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।
उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जिवितै उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनी किन हामफाल्न खोजेका हुन् भन्ने नखुलेको थापाले बताए।परियारलाई उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |