

धादिङ,०६ भदौ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुबाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा १६ जना घाईते छन् ।
घाईतेमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १४ जनालाई थप उपचार गर्न काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक(डीएसपी) सन्तु जयसवालले जानकारी दिनुभयो ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे दुर्घटनामा परेको हो।बस त्रिशूली नदीमा पुगेको छ।
बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो। गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन । गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालले जानकारी दिनुभयो।तस्बिर स्रोतः एपिएफ
तस्बिरहरू:










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |