

धादिङ,०६ भदौ।
तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन भएका छन्। संघको आज धादिङबेशीमा सम्पन्न अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ चयन भएका छन्।यस्तै सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सम्झना तामाङ छन्।
संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको प्रमुख आतिथ्य तथा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, नेत्रावती डवजोङ गाउँपालिकाकी उपाध्यक्ष सितामाया चोदेन,धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको विशेष आतिथ्यता,तामाङ पत्रकार संघका केन्द्रीय सदस्य बिमल तामाङ,तामाङ पत्रकार संघ बागमती प्रदेश सद्स्य सन्दिप स्याम्चेन लगायतको आतिथ्य रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |