

धादिङ,०६ भदौ।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये चार जनाको सनाखत भएको छ।
सनाखत भएका चार जनामा धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल,जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल र कास्की फुलबारीका अन्दाजी २४÷२५ वर्षका सुमन थापा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले बताए।ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।
दुर्घटनामा १५ जना घाइते भएका छन्। तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना छन्।
काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दिपक थापा, वेनी नगरपालिका–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जग्जाली छन्।
त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए।उनीहरूको अवस्था मध्यम रहेको पनि उनले बताए। दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
आज बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खसेको हो।बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरी प्रहरी नियन्त्रणमा लिइएको छ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी दुर्घटनाबारे सोधपुछ भइरहेको छ।साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।
यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।तस्विर:रासस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |