

धादिङ,१३ भदौ।
धादिङमा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
संक्रमणबाट खनियाबास गाउँपालिका वडा नं ४ की ९० वर्षीया फैसाङ तामाङको मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिनुभयो ।
तामाङलाई अन्य रोगसँगै डेंगी संक्रमण भएपछि गत बिहिबार धादिङ अस्पतालमा भर्ना भएकी थिईन ।थप उपचारको लागी शनिबार काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको सूचना अधिकारी डा.रिजालले बताउनुभयो।
योसँगै धादिङमा डेंगीबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि ज्वालामुखी गाउँपालिका ७ की ७५ वर्षीया राममाया छत्कुलीको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा धादिङका ५१ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र २९ जना महिला गरी ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३९ जना, गंगाजमुनाका ३ जना, ज्वालामुखीका ३ जना, त्रिपुरासुन्दरीका २ जना, सिद्धलेकका १ जना, रुवीभ्यालीका १ जना र धुनिवेशीका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ४५३ पुगेको छ।जसमा पुरुष १२ सय, महिला १२ सय ५३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ७६ जना निलकण्ठका मात्रै छन् ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |