

धादिङ,१३ भदौ।
सदरमुकाम धादिङबेशीमा भोलि विहिबारदेखी लाखे नाच सुरु हुदैँछ।
बुधबार झिंगु नेवा समाज धादिङले पत्रकार सम्मेलन गरी जात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो ।
लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि हाल नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा गरिने महासचिव श्रेष्ठले बताउनुभयो ।
भोलि विहान साढे सात बजे बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो ।
‘गाइजात्राको अवसरमा मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाइ निकालिने र लाखे जात्रा गरिनेछ ।’ १५ गते खेत रोपाइ अभिनय गर्दै लाखेसहित बजार परिक्रमा, भदौ २१ गते श्री कृष्णको रथ यात्रासहित लाखे जात्रा, असोज १ गते हरितालिका तिजको अवसरमा विच बजारमा लाखे नाँच नचाइने र असोज २ गते लाखे जात्रा विधिवत रुपमा समापन गरी लाखे जात्रा मनाइने उहाँले जानकारी दिनुभयो।
नेवार समुदायको जात्रा भएपनि जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले आग्रह गर्नुभयो । यो जात्रा राष्ट्रिय जात्रा हो । कला, संस्कृति तथा परम्परा जोगाइराख्न मनाउने गरिएको जात्रामा सबै जातजाति, समुदाय यो जात्रामा उपस्थित भइदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
यस बर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व बिहीबारनै परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिले विज्ञप्ति निकालेर यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको जनाएको हो। भोलि सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको छ।
धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |