

धादिङ,१४ भदौ।
जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ।
प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो ।
हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि समाजमा विकृति, उछृङ्गलता र सामाजिक अपराधमा बृद्धि हुँदै गइरहेकाले आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्वद्र्ध गर्न, मितव्यायी एवं सभ्य तरिकाले चाडपर्व मनाउन सम्पुर्ण जिल्लावासीहरुलाई अनुरोध छ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा भनिएको छ।
साथै चाडपर्वको नाममा प्रचलित कानुनले निषेध गरेका गतिविधिहरु नर्गन, कुनै प्रकारमा ठगी, महङ्गी, कृत्रिम अभाव, कालोबजारी नगर्न र जिल्ला प्रशासन कार्यालयको पुर्व स्वीकृति विना सार्वजनिक स्थलहरुमा मेला, महोत्सव लगायतका कार्यक्रमहरु संचालन नगर्न÷नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।
चाडपर्वलाई सभ्य तथा मर्यादित बनाउने तथा सामाजिक विकृति, विसङ्गति, र अपराध नियन्त्रण गरी सामाजिक अनुशासन एंव सदियौँदेखिको सामाजिक सद्भाव कायम गर्ने कार्यमा जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेशागत संघसंस्था,संचारकर्मी, महिला सन्जाल÷समुह तथा सम्पुर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
यदि कसैले सूचना तथा प्रचलित कानुनको बर्खिलाप हुने गरी कुनै प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ।
प्रशासनको सूचना:






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |