

लामो समय आवतजावत बन्द रहेको चीनसँगको उत्तरी सिमानाका तातोपानीमा आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको छ।
गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले स्थानीयबासिन्दा पनि आवतजावत गर्न पाउने निर्णय गरेसँगै आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको हो।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि तातोपानी नाका बन्द थियो । त्यसपछि सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो।
तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन । अहिले स्थानीयबासिन्दा मात्रै यो नाका ओहोरदोहोर गर्न पाउँछन्।
सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले आवतजावतका लागि पास पाउने छन्।तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीमा रहेको अध्यागमन कार्यालयले पास वितरण गर्नेछ।
अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले चीनतर्फ प्रवेश पाउने छन्। तर, चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन । काठमाण्डौसँगको नजिकको यो नाका पूर्णरुपमा खुलेपछि मालसामान ढुवानीमा सहज हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |