

धादिङ,१६ भदौ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ स्थित बोराङ डाँडामा शिवको मूर्ति स्थापना गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बिच सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले ७ सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको २२ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गर्नुभएको हो।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङ,पशुपति विकास कोषका सदस्य सचिव मिलन थापा लगाएतको आतिथ्यता रहेको थियो।
रुवीभ्यालीमा पछिल्ला दिनमा चर्चहरू धेरै निर्माण भइरहेको चर्चा चलिरहेका बेला शिवको मूर्ति स्थापना गरिएको हो । पर्यटकीय दृष्टीले महत्वपूर्ण क्षेत्र रुवीभ्यालीमा शिवको प्रतिमा स्थापनासँगै धार्मिक पर्यटकलाई पनि बढाउने विश्वास लिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |