

धादिङ,१६ भदौ।
धादिङकी भलिबल खेलाडी कृषला बरामको उपचारका लागि जिल्ला भलिबल संघ धादिङले सहयोगको अपिल गरेको छ।
भलिबल खेल्ने क्रममा घुँडामा चोट लागेर लामो समयदेखी उपचाररत निलकण्ठ नगरपालिका–५ खाल्टेकी कृषलाको अप्रेसनको तयारी भएकोले उनको आर्थिक अवस्था कमजोर भएको कारण सहयोगका लागि भलिबल संघले अपिल गरेको हो।
गत वर्ष कास्की जिल्लाबाट राष्ट्रपति रनिङशिल्ड भलिबल प्रतियोगिता खेल्ने क्रममा देब्रे घुडामा चोट लागेर ४ महिना भन्दा बढि समय आराम गर्दा पनि सन्चो नभएपछी यही भदौ १८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा अप्रेसनको तयारी भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।
कृषलाको उपचारमा सहयोग गरि पूनःखेलमैदानमा फर्कन सहयोग गरिदिनुहुन उहाँले अनुरोध गर्नुभएको छ।
शुभेच्छुकले कुमारी बैंकमा कृषला बरामको नाममा रहेको १४६०२८८२१०२००००१ खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन जिल्ला भलिबल संघ धादिङका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ।
कृषला हाल शान्ता मा.वि.पोखरामा कक्षा–१२ मा अध्ययनरत रहेकी छिन्। धादिङ स्पोर्ट क्लबमापनि आबद्ध रहेकी उनले थुप्रै प्रतियोगिताहरु खेलिसकेकी छिन् ।
जानकारी र सहयोगको लागि सम्पर्क :९८१८९९३६३६





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |