

धादिङ,१७ भदौ।
पछिल्लो २४ घण्टामा धादिङमा २७ जना डेङ्गीका बिरामी भेटिएका छन्।१७ जना पुरुष र १० जना महिला गरी थप २७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १८ जना, सिद्धलेकका ३ जना, बेनिघाट रोराङका २ जना, त्रिपुरासुन्दरीका २ जना,धुनीबेशीका १ जना र अन्य जिल्ला परिक्षण १ जना रहेका छन्। शनिबार ३७ जना संक्रमित थपिएका थिए।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ५८५ पुगेको छ।जसमा पुरुष १ हजार २५७ र महिला १ हजार ३२८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार १८४ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |