

सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको हो।
मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी रहेको वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताए।
चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न अनुगमन गर्न लागिएको उनको भनाइ छ। संयुक्तअनुगमन टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् । संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघि नै संयुक्त छलफल गरिसकेको छ ।
संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |