

धादिङ,२० भदौ।
निजामती सेवा दिवसको अवसरमा धादिङका पत्रकार र कर्मचारीबिचको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम बिजयी भएको छ।
कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा आज धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टिमलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै कर्मचारीको टिम बिजयी भएको हो ।
दुवै तर्फबाट एक/एक गोल भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल संचालन गरिएको थियो ।कर्मचारी र पत्रकार बीचको सदभाव र भातृत्वलाई निरन्तरता दिन मैत्रीपूर्ण फुटबल खेलाइएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो।
धादिङमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्रले बिभिन्न खेलकुद लगाएतका कार्यक्रम आयोजना गरिरहेको छ।
निजामती सेवा दिवस हरेक वर्षको भदौ २२ गते मनाउने गरिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |