

धादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउंपालिका–६ चिरौदी पुलमा गुडिरहेको कारमाथि पहिरो खसेको छ।
आज काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको बा १ ञ १५०९ नम्बरको कारमाथि सुख्खा पहिरोे खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरोले कारको आधा भाग पुरेको र कार पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार ४ जना सकुशल छन्।
पुरिएको कार निकाली प्रहरी चौकी बैरेनीमा राखिएको र हाल सडकमा कुनै अबरोध नभएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |