

लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ।
महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै जारी गर्दै बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरू कुच्चिएका, फोहोर, टुटे–फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण नराखिएकाले त्यस्तो खरिद नगर्न महानगरले आग्रह गरेको हो।
महानगरपालिकाले प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छ’, महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक अधिकृत डा. अवधेश झाद्धारा जारी सूचनामा भनिएको छ।
‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानीकारक सुक्ष्म जीवाणु मानव शरीरमा प्रवेश गरी संक्रामक रोग फैलिने जोखिम हुन्छ। यसर्थ सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि निर्देशिका २०७४ मा तोकिएका मापदण्ड पूरा गरेरमात्र पानी ढुवानी तथा विक्री वितरण प्रबन्ध मिलाउन यसैसाथ सूचित गरिन्छ,सूचनामा भनिएको छ।
सूचनामा पानीको उत्पादन, ढुवानी तथा विक्री वितरणमा त्रुटी देखिए प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |