

उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुनेगरी उम्मेदवारले गर्न पाउने खर्च शीर्षक तोकेको हो ।
जसअनुसार उम्मेदवारले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तत्र्रिmया, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारीसाधन, ढुवानी र अन्य प्रचारप्रसारका शीर्षकमा आयोगले तय गरेको सीमाभित्र रहेर खर्च गर्न पाउनेछन् ।
आयोगले प्रतिनिधिसभातर्फ २५ देखि ३३ लाखसम्म खर्चको सीमा तोकेको छ । यस्तै, प्रदेशसभातर्फ एक जना उम्मेदवारका लागि १५ देखि २३ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा तोकेको छ । आयोगले निर्धारण गरेको खर्चको अधिकतम हदको सूचीअनुसार प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्रमा २५ लाख, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख तथा २६ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो ।
यसैगरी प्रदेशसभातर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख, १ सय ४३ क्षेत्रमा १७ लाख, ५६ क्षेत्रमा १९ लाख, २९ क्षेत्रमा २१ लाख, ३२ क्षेत्रमा २३ लाखसम्मको हद तोकेको छ । प्रतिनिधि र प्रदेश सभातर्फ आयोगले तोकेको यी रकम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि रहेको आयोगले जनाएको छ ।
समानुपातिकतर्फ भने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार २ लाख रहने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेस बन्दसूचीमा सूचीकृत उम्मेदवार संख्याअनुसार प्रतिउम्मेदवार १ लाख खर्च गर्न पाउनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |