

धादिङ–धादिङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिएका छन् ।
अनुगमनको क्रममा सोमबार मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । विक्रिका लागि राखिए अधिकांश माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
माछालाई राम्रो देखाउन प्रशोधन र आगोमा सुकाउने बेलामा नै रङ्ग मिसाउने गरेको पाइएको पराजुलीले बताउनुभयो ।खानै नमिल्ने रङ्ग मिसाइएको पाइएपछि सिलमा झुण्डाएर राखेका र प्रशोधन गर्दै गरेको ठाउँबाट ५० हजार बराबरको माछा जफत गरिएको उहाँको भनाई छ।
पराजुलीले भन्नुभयो,‘अबदेखी माछामा रङ्गको प्रयोग नगर्न सुझाव दिइएको छ,एक पटकको लागि जरिवाना नगराई सुध्रिन र सुधार गर्न निर्देशन दिएको र अर्काे पटक फेरी रङ्गको मिसावट गरेर विक्रि गरेको भेटिएमा उपभोक्ता हित र खाद्य ऐन अनुसार अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत तीनलाखसम्म जरिवाना गरिनेछ ।’तस्विर:शंकर श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |