

धादिङ–जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका–४ हजारेम धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या भएको छ।
हजारेकी ७२ वर्षीया सुकमाया गुरूङको हत्या भएको हो ।हत्या अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
सोधपुछको क्रममा पुरानो रिसइवी र बाख्राले बाली खाएको विषयलाई लिएर मंगलले सुकमायालाई खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
आफुलाई अपशब्द बोल्ने र सँधै हेप्ने भएकोले सहनै नसकेर हत्या गरेको सोधपुछका क्रममा आरोपित मंगल गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |