


























पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको हो।
बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो । उनीहरुको खोजी भैरहेको छ ।
कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो । बगाएको जीपका केही पार्टपुर्जा कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा फेला परेका छन् ।
जीप बाग्लुङबाट पोखराका लागि छुटेको थियो । जीपमा चालकसहित चार जना थिए । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीपका चालक वसन्त थापा झरेका कारण ज्यान जोगिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |