

धादिङ–जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका–४ हजारेमा धारिलो हतियार प्रहार गरी एक बृद्धाको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरिएको छ।
आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी नेत्रावती डबजोङ ४ हजारेकी ७० वर्षिया सुकमाया गुरुङको हत्या गर्ने अभियुक्त सोही ठाउँ बस्ने ३५ वर्षिय मंगल गुरुङलाई सार्वजनिक गरेको हो।
१२ गते शुक्रबार दिउँसो ४ बजे सुकमायाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले हत्यामा मंगलको संलग्नता रहेको खुल्न आएपछि खोजतलास गर्ने क्रममा १३ गते बिहान २ बजे हजारे स्थित घरबाट केही पर रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
शवको प्रकृति अनुसार मृतकको टाउको, घुच्चुक, बाँया गाला, अनुहारको वायाँ भाग र गर्धन वायाँ भाग समेतमा पटक पटक धारिलो हतियार प्रहार गरी निर्ममता पुर्वक हत्या गरेको देखिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो।
अनुसन्धानको क्रममा अभियुक्त मंगलको ढाड कुप्रो रहेकोले मृतक सुकमायाँले नै वोक्सी लगाई ढाड कुप्रो बनाइदिएको र पटक पटक सुकमायाको गाइ बाख्राले अन्नबाली खाएको,घटनाको दिनसमेत मृतक सुकमायाँको गाई बाख्राले मंगलको अन्नबाली कोदो खाई क्षति गरिदिएपछी वाद विवाद हुदाँ सुकमायाँलाई फलामको खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको मिश्रको भनाई छ।
मिश्रका अनुसार घटनामा प्रयोग भएको खुर्पा मंगलकै घर अगाडि आँगन छेउमा रहेको कुखुराको खोरबाट बरामद गरिएको छ।
मृतकको शवलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पताल धादिङमा राखिएको र घटानाको सम्बन्धमा अन्य अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |