Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

धर्मपुत्र बनेर फ्रान्स पुगेका धादिङका विवेक २० वर्षपछि परिवार खोज्दै आइपुगे जन्मथलो

  • बागमती कलम
  • ९४६ पटक पढिएको
  • प्रकाशित मिति: २०८० आश्विन १९, शुक्रबार (२ साल अघि)
धर्मपुत्र बनेर फ्रान्स पुगेका धादिङका विवेक २० वर्षपछि परिवार खोज्दै आइपुगे जन्मथलो

धादिङ-बेवारिसे अवस्थामा धर्मपुत्र बनेर फ्रान्स पुगेका धादिङको नीलकण्ठ नगरपालिका–२ बसाहका विवेक परियार २० वर्षपछि परिवार खोज्दै जन्मथलो नेपाल आइपुगेका छन्।

चार वर्षको उमेरमा आगलागीले घरसँगै जन्म दिने आमा गुमाएका विवेक आफ्ना ६ वर्षिय दाजु विशालसँगै काठमाडौंको एक अनाथालयमा पुगे। अनाथालयले परिवारको खोजी गर्दा कोही नभेटेपछी नेपाल सरकारको अनुमतिमा फ्रान्सेली नागरिकले धर्मपुत्र बनाएर दाजुभाइलाई नै फ्रान्स लगे।

आफू नेपाली हो भन्ने थाहा भएपछि विवेकले नेपाल र आफ्नो परिवार खोज्न थालेको बताए।

उनले भने,‘सानो छँदा वास्तै भएन जब म नेपाली हुँ भन्ने थाहा पाए त्यसपछि मैले मेरो परिवार र घर खोज्न थालेँ ।’ घर नेपालमा भन्ने थाहा त पाएँ तर ठाउँ र थरबारे जानकारी नभएपछी खोज्न थालेको दुई वर्षपछि प्रयास नेपालले बुबा र भाइसगँ कुरा गर्ने मेसो मिलाइदिएको विवेकले बताए ।

नेपाली भाषा बोल्न अनि बुझ्न नसक्ने विवेकले फ्रान्सबाटै बुबा र भाइसँग म्यासेजमा कुराकानी हुन थालेको पाँच महिनापछि नेपाल आइपुगेको उनलाई नेपाल ल्याउन सहयोगी भूमिका खेल्ने संस्था धादिङको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, कर्मचारी र विवेकका फ्रान्सेली मातापिताबीचको कुराकानीका क्रममा बताए ।

उनले भने, ‘नेपाली हुँ भन्ने थाहा हुनेबित्तिकै धेरै खोजेँ। पत्ता लगाउन गाह्रो भयो। नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था खोज्दै जाँदा प्रयास नेपाल भेट्यौँ। हाम्रोबारेमा लेखेर फ्रान्सेली बुबा–आमाले प्रयास नेपाललाई इमेल लेख्नुभयो । हामीबीच कुराकानी भयो। मलाई जन्म दिने बुबा र कर्म दिने फ्रान्सेली बुबाआमा हामी सबै नेपालमा एकै ठाउँमा भेट भयौँ। प्रयास नेपालकै कारण म नेपाल आउन पाएको हो। सबैप्रति आभारी छु।’

यस्तै बेवारिसे बनेर २० वर्षअघि फ्रान्स पुगेको छोरा विवेक घर आउँदा गुमेको खुसी फर्किएको उनका बुबा श्याम परियार बताउँछन्। ‘आर्थिक अवस्था कमजोरका कारण छोराहरूलाई पढाउने र लालनपालनमा समस्या भयो। धेरै पढाएर ठूलो मान्छे बनाइदिने आसमा काठमाडौं पठाएको थिएँ।

साता–दश दिनमा भेट्न गइरहन्थेँ,’ उनले भने, ‘सल्लाहले नै छोरालाई विदेश पठाएको थिएँ। तर, फ्रान्स पुगेको छोरालाई जति खोजे पनि सम्पर्कै भएन। छोरा भेटिने आसै गुमाएँ।’

श्याम परियारका अनुसार फ्रान्स जाँदा विवेक चार वर्ष र विशाल ६ वर्षका थिए। उनले भने, ‘उनीहरू फ्रान्स गएपछि धर्मपितासँगको फोटोचाहिँ पाएको थिएँ।

प्रयास नेपालको सहयोगमा दुई वर्षअघि सम्पर्कमा आयो विवेक। अहिले मलाई भेट्न नेपाल आयो। गुमेको खुसी छोरासँगै आयो। विवेक नेपाल आइपुग्यो, विशाल फ्रान्समै छ।’ उनका अनुसार नेपालमा तीन छोरी र एक छोरा छन्।बिबेक र विशाल दुबैले फ्रान्समा व्यवसाय गर्न थालेका छन्।

विवेक यसरी नेपाल आइपुगे

विवेकको दाजुभाइले नेपाली हुँ भन्ने थाहा पाएपछि नेपाल आउने रहर गरे। उनका फ्रान्सेली पिताले उनीहरूको नेपालको घर–ठेगाना खोज्न थाले। धादिङमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था खोज्दा प्रयास नेपाल भेटेर इमेल गरेपछि विवेकको नेपाल यात्रा तय भएको हो।

‘बालबालिका भेटेको र घर–परिवार खोजिदिन भन्दै फ्रान्सबाट इमेल आयो। नेपालको दुईजना भाइहरू एडप्ट गरेर ल्याएका थियौँ। उनीहरू नेपालको धादिङ घर–ठेगानाका हुन् भनेर इमेल गरे,’ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल भने, ‘हामीले फ्रान्समा इमेल गर्दै सूचना लिँदै खोज्दै ग¥यौँ। निकै प्रयार र समयपछि मात्र उनीहरूको घर पत्ता लाग्यो।’

अर्यालले भने, ‘विवेकको थर विश्वकर्मा नभई परियार रहेछ। घर जल्दा आमा पनि सँगै जलेको भनेर सूचना पाएका थियौँ। गाउँमा सूचना पुग्यो। सबैको सहयोगमा विवेकको दुई परिवारको मिलन भएको हो।’

चार–पाँच महिनाअघि नै पत्ता लागे पनि प्रक्रियाका कारण उनीहरू नेपाल आउन ढिलो भयो। नेपाल आउनुभन्दा अघि दुई परिवारबीच संवाद भयो। अहिले दुई परिवारको मिलनपछि उनीहरू निकै खुसी छन्।

विवेकसँगै संगीता पनि नेपाल आएकी छिन्। उनी पनि नेपाली हुन्। तर, उनलाई नेपालको घर–ठेगानाबारे पत्तै छैन। विवेकजस्तै जन्मदिने आमाबुबा र परिवार भेट्ने ठूलो रहर रहेको उनी बताउँछिन्। तर, अहिलेसम्म पत्ता नलाग्दा उनी निराश बनेकी छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution