

घरेलु हतियारसहित विराटनगरबाट १५ जना पक्राउ परेका छन्।
शुक्रबार दिउँसो तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो।
९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित दुई जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको छ।
विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |