

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको ज्यान गएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो आउने र पखाला लाग्नेजस्ता लक्षण देखिएकोमा पाँच वर्षीय एक बालकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि काठमाडौं ल्याइएका १४ जनामध्ये २ जनाको आइसियुमा उपचार भइरहेको जनाएको छ। बाँकी ८ जनाको हाइकेयरमा उपचार भइरहेको छ भने ३ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
किन एकै गाउँका धेरैमा यस्तो खालको समस्या देखियो भनेर बिरामीहरूको रगत र पिसाबको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |