


























बझाङमा गएराति परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार सदरमुकाम चैनपुरबाट ५ दशमलव ३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर परकम्प गएको हो । उहाँका अनुसार बझाङमा निरन्तर परकम्प गइरहेका छन् ।
बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी झण्डै ५ सय पटक परकम्प गएका छन् । तीमध्ये ४ रेक्टर स्केलमाथिका १४ वटा र ५ रेक्टरस्केलमाथिका ५ वटा छन् । १६ गते मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |