

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङको खिर्रेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा कात्तिक ८ देखी १० गतेसम्म खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा विविधि सांस्कृतिक कार्यक्रमसँगै खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङले बागमती कलमलाई जानकारी दिनुभयो।
प्रतियोगितामा सहभागि हुनको लागि कात्तिक ४ गतेसम्मको समय तोकिएको छ ।
टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।एक टिममा १२ जना खेलाडी, टिम कोच १ जना र १ जना व्यवस्थापक रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।दोस्रो हुनेले ५० हजार,ट्रफी मेडल, प्रमाणपत्र र तेस्रो हुनेले ३० हजार रुपैयासहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर र प्लेयरले ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सहयोगी संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति धादिङ, जिल्ला भलिबल संघ धादिङ र सिंद्धलेक भलिबल संघ रहेको छ।फाईल तस्विर
टिम दर्ताको लागि सम्पर्क नं ९८४८५९००८५, ९८४१०९२२७७, ९८१००२४१९६ र ९८४१६५६६४७





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |