

नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।
काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिने उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैङ्कले हरेक वर्ष दशैँ, तिहार र छठको लागि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |