

धादिङ।सदरमुकाम धादिङबेशीस्थित बिचबजारमा राष्ट्रिय विभूती शंखधर साख्वाको शालिक अनावरण गरिएको छ ।
आईतबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले शाख्वाको शालिक अनावरण गर्नुभएको हो ।
शालिकसँगै ढुंगेधारा निर्माण गरी संचालनमा ल्याइएको छ भने चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुननिर्माण गरिएको छ । स्थानीय दाताहरुबाट संकलन भएको ३लाख ७५ हजार, टोल सुधार समितिको कोषमा रहेको १लाख ९४ हजार ३ सय गरी कुल ५ लाख ६९ हजार ४ सय लगानीमा शालिक, ढुंगेधारा र विश्रामस्थल निर्माण गरिएको बीच बजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो ।
यस्तै सोही ठाउँमा रहेको मन्दिरको पनि पुननिर्माण गरिएको छ ।सहयोगी दाताहरुबाट संकलन भएको १लाख ५४ हजार ६ सय र गणेश मन्दिर संरक्षण समितिको कोषको २ लाख ५७ हजार गरी ४ लाख ११ हजार ६ सय लगानीमा मन्दिरको पुननिर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |