

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–२मा रहेको सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण प्रसाद उपाध्याय चयन हुनुभएको छ।
संस्थाको चौथों वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट उपाध्याय अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।उपाध्यक्ष रुपा खत्री अधिकारी, सचिवमा शुसिल श्रेष्ठ, कोषाध्यक्षमा शिशिर दनै र सदस्यहरुमा गणेश बसौला, लक्ष्मण गिरी र गंगा पाण्डे चयन भएका छन् । साथै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवास गिरीलाई चयन गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ धादिङका सञ्चालक समिति सदस्य गोपाल गुरुङले सहकारीले गाउँमा खेलेको सकरात्मक भूमिकाको खुलेर प्रशंसा गर्नुभयो ।
सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्तरी क्षेत्रको उत्कृष्ट सहकारी सस्थाको रुपमा चिनिएको छ । ग्रामिण क्षेत्रका नागरिकको बचत गर्ने बानीको विकाससँगै गाउँमै ऋण लिने व्यवस्थाले शेयर सदस्यहरुलाई सहज भएको उहाँले बताउनुभयो ।
त्यस्तै, सहकारीले ग्रामिण क्षेत्रका मानिसहरुलाई बचत गर्ने बानीको मात्र विकास नभइ लगानी गर्ने वातावरण पनि बनेकोे त्रिपुरासुन्दरी गाउँपालिका–६ का वडा अध्यक्ष हरि विकले बताउनुभयो ।
गाउँ गाउँमा सहकारी भनेझै अझै टोल टोलमा सहकारी पु¥याउनु पर्छ । स्थानीयलाई आम्दानी र बचतसँगै सहकारी शिक्षा दिन सके नागरिकको दैनिकीमा अझै सकरात्मक परिवर्तन आउने अध्यक्ष विकले बताउनुभयो ।
गाउँका स्थानीयलाई थोरै भए पनि बचत गर्ने बानीको विकास गर्ने, गाउँमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्ने, र ग्रामीण क्षेत्रमा रहेका व्यवसाय तथा कृषि कर्म गर्ने स्थानीयलाई ऋणको सहज पहुँच पु¥याउन गाउँमै सहकारी संचालन गरिएको सहकारीका प्रबन्धक प्रकाश श्रेष्ठले बताउनुभयो ।
हामीले विभिन्न विधाका बचत कर्ताहरुलाई उत्प्रेरित गर्न प्रशंसा पत्र प्रदान गरेका छौ । उत्कृष्ट कार्य सम्पादनको मुल्यांकन गर्दै कर्जा प्रमुख सुदिप बसौलालाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान ग¥यौं ।
कम्तिमा सबैलाई सहकारीप्रतिको अपनत्व महसुस हुन्छ । सबैको साथले सहकारी उत्कृष्ट बन्दै गएको र आगामी दिनमा अझै परिस्कृत बनाउने लक्ष्य रहेको प्रबन्धक श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |