

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकास्थित खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्ला काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
डा.अधिकारीले भन्न्नुभयो,‘यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’ तर यो ठुलै धक्का भएकाले यसले ठूलै असर पार्नसक्ने अनुमान गरिएको छ ।
भूकम्पको क्षतिको विवरण भने आउन बाँकी छ ।
यसअघि गत असोज १६ गते बझाङमा केन्द्रविन्दू भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण साना ठूला गरी ६०१ ओटा पराकम्पन आएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |