

धादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ।
हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
हिजो बिहान ८ बजेर ८ मिनेटमा ४.२, ८ बजेर २८ मिनेटमा ४.३, ८ बजेर ५९ मिनेटमा ४.१ रेक्टरस्केलको परकम्प गएको गयो ।
यस्तै, दिउँसो ४ बजेर ३ मिनेटमा ४.४, बेलुका ५बजेर ३१ मिनेटमा ५ र ५ बजेर ३३ मिनेटमा ५.१ रेक्टरस्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।
यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।
भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार सबै भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प रहेको छ ।
ठूलो भूकम्प गएपछि त्यसको परकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन नहुने उहाँले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |