

धादिङको गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिकै तीन सवारी एकआपसमा ठक्कर खाँदा १२ जना घाइते भएका छन्।
बुधबार धादिङबेशीबाट काठमाण्डौतर्फ जादै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल उछिटिएर काठमाडौतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गागाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडी सवार पाठकका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौ रिफर गरिएको जैसवारले जानकारी दिनुभयो ।
त्यस्तै बसमा सवार काठमाण्डौ चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ निलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जिव प्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन् ।
त्यस्तै धादिङ सिद्वलेक गाउँपालिका–१ का ५५ वर्षीय खुस कुमारी तिमिल्सेना, नौ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ नगरपालिका–११ का ४४ वर्षीय राज कु.श्रेष्ठ, ४३ वर्षीय सोम बहादुर गुरुङ, थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाको छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् ।
तीव्र गतिमा रहेको बस एक्कासी दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
सामान्य घाइतेहरुको गल्छीस्थित अम्वि भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई जना र बसमा सवार तीन जनालाई काठमाडौ पठाइएको प्रहरीले जनाएको छ।
तीन वटै सवारीसहित बस चालक र कारका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |