

धादिङ,१६ कात्तिक। धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सोमबार थाक्रे गाउँपालिका वडा नं–४ कामराङकी १६ बर्षिया सुशिला लामाको कानमा लगाउने सुनको रिङ सफा गरिदिने भन्दै ललाई फकाई गरी केमिकलको प्रयोग गरेर सफा गरि सुन ठगी गरेको भन्ने सूचना पाएपछी ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुईजनालाई धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्यादथप गरी अनुसन्धान कार्य भईरहेको छ। उनीहरुको साथबाट सुन पेल्ने काठ, तारको व्रस, हथौडा, चिम्टी, तेजाव, मट्टितेल समेतको दशीहरु वरामद गरिएको प्रहरीले जनाएको छ।
गाउँगाउँमा यस्ता कार्यबाट आम नागरिक ठगिन सक्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |