

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला भोली शनिबारदेखी सदरमुकाम धादिङबेसीमा हुदैँछ।
धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुन लागेको पार्षद भेलाको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको तमू विद्यार्थी छोज धीं धादिङका अध्यक्ष अनील तमूले बताउनुभयो ।
कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण तमूले गर्ने उहाँले बताउनुभयो ।
भोली कार्यक्रम उद्घाटन पूर्व धादिङबेसी पुछारबजारबाट सिरानबजारसम्म तमू भेषभुषा तथा झाँकि सहितको ¥याली,विविध सांस्कृतिक कार्यक्रम सहितको बन्द सत्रको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
धादिङ जिल्लाको व्यवस्थापनमा गुरुङ समुदायको राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हो ।कार्यक्रम आईतबारसम्म हुनेछ।
२०५२ सालमा स्थापना भएको संगठनले सम्पूर्ण विद्यार्थी संगठनहरुबीचको पारस्परीक सहयोग र सद्भाव, गुरुङ समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण संवद्र्धन गर्दै समग्र गुरुङ सदुदायको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र पहिचान सहितको अधिकार प्राप्तिको लागि काम गर्दै आएको छ ।
यो राष्ट्रिय भेलाले संगठनको विधि, विधान र नीति निर्माण तय गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |