

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला आजदेखी सदरमुकाम धादिङबेसीमा सुरु हुदैँछ।
भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको तमू विद्यार्थी छोज धीं धादिङका अध्यक्ष अनील तमूले बताउनुभयो ।
कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण तमूले गर्ने उहाँले बताउनुभयो ।
आज कार्यक्रम उद्घाटन पूर्व धादिङबेसी पुछारबजारबाट सिरानबजारसम्म तमू भेषभुषा तथा झाँकि सहितको ¥याली,विविध सांस्कृतिक कार्यक्रम सहितको बन्द सत्रको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
धादिङ जिल्लाको व्यवस्थापनमा गुरुङ समुदायको राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हो ।कार्यक्रम भोलि आईतबारसम्म हुनेछ।
२०५२ सालमा स्थापना भएको संगठनले सम्पूर्ण विद्यार्थी संगठनहरुबीचको पारस्परीक सहयोग र सद्भाव, गुरुङ समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण संवद्र्धन गर्दै समग्र गुरुङ सदुदायको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र पहिचान सहितको अधिकार प्राप्तिको लागि काम गर्दै आएको छ ।
यो राष्ट्रिय भेलाले संगठनको विधि, विधान र नीति निर्माण तय गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |